'मेरो बेस्ट फ्रेन्ड' रिलिज डेट सारियो । अब जेठ ९ मा रिलिज हुने ।

[dropcap][/dropcap]गामी शुक्रबारबाट रिलिज गरिने भनिएको फिल्म मेरो बेस्ट फ्रेन्डको रिलिज मिति पोस्ट पोण्ड गरिएको छ । फिल्म अब दुइ साता पछाडि अर्थात आउदो जेठ ९ गते रिलिज हुनेछ । फिल्मको लागी पर्याप्त प्रचार प्रसार नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको फिल्मका निर्देशक प्रसन्न पौडेलले भनाई छ । फिल्मको गीतहरुले पनि सोचेजति बजार पिट्न समय कम भएकोले फिल्मको रिलिजलाई पछाडी लगिएको उनले बताए । उनका अनुसार सञ्चारकर्मी तथा दर्शकहरुकै आग्रहमा फिल्मको रिलिज मिति सारिएको हो ।mero best frend 2यसअघि नायिका प्रियंका कार्कीले पब्लिसिटिमा साथ नदिदा फिल्मको राम्रो प्रचार प्रसार हुन नसकेको भन्ने समाचारहरु पनि मिडियामा आएका थिए । तर अब भने फिल्मको बारेमा दर्शकलाई जानकारी दिन फिल्म युनिट कम्मर कसेर लाग्ने भएका छन ।
त्यसो त जेठ ९ गते अन्य दुई फिल्म हंसिया र मिस नेपाल प्रदर्शन हुदैछ । यता जेठ २६ बाट मेरो बेस्ट फ्रेन्ड बहिरीएपछि दुई फिल्म दमदार र रेड मनसुन रिलिज हुनेछ ।
फिल्म प्रसन्न पौडेलले निर्देशन गरेको दोस्रो फिल्म हो । प्रजिता बज्रचार्य ले निर्माण गरेको फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उप्रेती, केकी अधिकारी, बिमलेश अधिकारी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'वसन्ती' छायांकनका लागि अक्षय कुमार काठमाडौंमा

Read Next

मेरो त्यो अनुभव प्रति मैले आज मिठो अनुभूति गरें ।