‘अवतार’मा अफर आएको भनेपछि खिल्ली उडाउदै ट्रोल बनाए पछि गोविन्दाको यस्तो जवाफ

पछिल्लो समय जेम्स क्यामरुनको फिल्म अवतारमा आफूलाई अफर आएको बताएपछि बलिउड अभिनेता गोविन्दाको निकै खिल्ली उडाइएको छ । गोविन्दाले यसो भनेपछि सामाजिक संजालमा उनलाई निकै ट्रोल गरियो । अहिले गोविन्दाले ट्रोलरलाई जवाफ दिएका छन् ।

बाम्बे टाइम्सलाई दिएको एक अन्तरवार्तामा गोविन्दाले ट्रोलरलाई जवाफ दिँदै भने ‘म सामाजिक ंजालमा सक्रिय छैन । तर मेरी छोरी टिनाले मलाई सामाजिक संजालमा भइरहेका कुराबारे जानकारी दिन्छिन् । मलाई यो कुराले कुनै फरक पर्दैन कि मानिसहरुलाई विश्वास भइरहेको छैन कि गोविन्दा जस्तो कुनै व्यक्तिले जेम्स क्यामरुनको अफर कसरी अस्वीकार गर्न सक्छ ।

मैले बुझ्न सक्छु यी कुराहरु कहाँबाट उब्जिरहेका छन् । म त्यो सोचको इज्जत गर्छु । मानिसहरुलाई आफूअनुसारको सोच राख्ने पूरा अधिकार छ । तर गोविन्दालाई यो फिल्म कसरी मिल्न सक्छ भन्ने सोच राख्नु गलत हो । मेरो औकात नभएको भने होइन । यो पक्षपात गर्ने व्यवहार हो ।’

उनले अगाडि भने ‘चियावाला करी अगाडि बढ्न सक्छ ? टिभी एंकर करी फिल्ममा आउन सक्छ ? यो सुपिरियरिटी प्रतिपर्धा हो । तपाइँलाई विश्वास गर्नु छेन भने नगर्नुस् । तर यता कुरा नगर्नुस् ।’ अन्तरवार्तामा गोविन्दालाई जेम्स क्यामरुनले उनलाई कसरी चिन्छन् भन्ने प्रश्नमा उनले भने ‘त्यतिबेला म सुपरस्टार थिएँ । उनले मेरो फिल्म हेरे होलान् । तर मलाई यो कुराको सही जानकारी छैन ।

Namaste Filmy

Read Previous

‘हजार जुनीसम्म’को बारेमा के भन्छन निर्देशक विकाश राज आचार्य

Read Next

‘मारुनी’ को ट्रेलर सार्वजनिक, पुष्पको प्रेममा पागल साम्राज्ञी (भिडियो सहित)