मेरो त्यो अनुभव प्रति मैले आज मिठो अनुभूति गरें ।

राजेन्द्र कार्की
२०५० सालको एक समय, मैले अनायाशै यस्तो अवसर प्राप्त गरें र पाएँ जुन त्यती बेला खासै त्यस्तो केहि महत्व राख्न सकेन त्यो अवसरले । तर आज मेरो बिगतको त्यो क्षणबाट भने केहि सुखानुभूति गर्ने अवसर प्राप्त गरें । मलाई त्यो दिन सम्झदा आज साच्चीकै अनौठौ खुशीको अनुभुति भइरहेको छ । तसर्थ मेरो त्यो अवसरको प्रशिक्षक श्रद्धय गुरु तथा नाटककार अशेष मल्ल प्रति मैले आज कृतज्ञ हुने अवसर प्राप्त गरेको ठानेको छु ।
DSC07347
मैले त्यस समयमा खास गरी दक्षिण एशियामा नै समाजिक चेतनाको सशक्त माध्यमको रुपमा सडक नाटकलाई अंगिकार गर्दै अगाडि बढीरहनु भएका श्रद्धय साहित्यकार, नाट्यकार, निर्देशक, शिक्षक, प्रशिक्षक आदरणीय अशेष मल्लको नामको चर्चा परिचर्चा बहुत सुनेको थिए । त्यस्ता ब्यक्तिबाट मैले त्यस समय छोटो समयको लागि भएतापनि प्रत्यक्ष अभिनयको प्रशिक्षण लिने अवसर प्राप्त गरेको थिए । अभिनयको प्रशिक्षण कै क्रममा उहाँबाट अभिनयका थोरै तिता मिठा अनुभव र अनुभूतिका कुराहरु पनि सुन्ने अवसर पाएको थिएँ । प्रशिक्षित समकालिन साथीहरु सँग २०÷२२ पटकको सडक नाटकमा अभिनय पनि प्रस्तुत गरें । त्यसको अलवा केहि स्टेज नाटकहरु समेत प्रस्तुत गर्ने अवसर पनि प्राप्त गरेको थिएँ । त्यस समय ती कुराहरुले मलाई खासै अर्थ राख्न सकेन र त्यो क्षणहरुको कहिल्यै स्मरण अनि घच्चघचाउनु समेत सकेको थिएन ।
DSC07348
तर त्यही कुराले आज करिब २० वर्षको समय पश्चात भने सार्थकका साथै मिठो अनुभूति र स्मरण गर्ने अवसर पाएको छु । जति बेला म नेपाली समाजिक चलचित्र “ठूली”को लागि आजका “सुपर नायक” तथा नेपालको पहिलो “मिस्टर नेपाल–२००२” बन्न सफल सुपर नायक जीवन लुईटेलको साथमा अभिनयको क्रममा पाएँ । उहाँसँगको अभिनयको क्रममा एक थप्पडको साथमा मैले आफुलाई हास्यरुपमा अभिनय प्रस्तुत गर्दै छोटो संवाद बोल्दै थिएँ । म आफ्नो अभिनयमा हराउँदै थिए । अचानक निर्देशक सुरेन्द्र बिक्रम शाहबाट “कट्”को ध्वनी मेरो कानमा प¥यो । म झस्कीएँ फेरी पनि मैले क्यामेराको भाषा बुझिन की ? तर मैले तुरुन्त पत्तो पाएँ की मेरो गल्ति त त्यो बन्न पुगेछ, मेरो संवाद सहितको अभिनयको साथसाथमा सुपर नायक मस्त हाँसोमा डुब्नु भएछ । उपस्थित दर्शक, अभिनयमा संलग्न सुपर नायक जीवन लुईटेल तथा प्राविधकहरु समेत हाँसोमा लट्ठ डुबेको देख्दा मलाई यस्तो सुखानुभूति भयो की मैले एक पटक झस्याङ् भई श्रद्धय गुरु अशेष मल्ल सरलाई सम्झन पुगेँ ।
DSC07364
अनि मैले समकालिन मेरा नाट्यकर्मी साथीहरु श्रृङखला नाट्य समुह, मकवानपुरका स्व.श्रीराम थापा, मुरारी रैला, वासु न्यौपाने, कुमार शाह, लक्ष्मी न्यौपाने लगायतका लाई एक पटक मेरो मानषपटलमा ल्याउने प्रयास गरें । मेरो मरिसकेको त्यो विगतको कल्पना पुनः एक पटक ब्यूँतिएको अनुभूति समेत गरें । जे होस्, यो मेरो अविस्मरणीय अभिनयको क्षणबाट चलचित्रका दर्शकहरुलाई मैले हसाउँन सकौला या नसकौँला त्यो नेपथ्यका कुरा भए, तर अवश्य पनि मेरो अभिनयको कारण सुटिङ् स्थलमा लामो सयम सम्म छुटेको हासोँको पर्राले मैले मेरो दूई दशक अगाडिको प्राप्त गरेको अभिनय प्रशिक्षणका साथै सडक नाटकको त्यो अनुभवलाई भने ठूलै लाभको रुपमा अवसर प्राप्त गरेको मिठो अुनुभूति गर्न भने पाएको छु । अवसर दिने तथा सहयोगी अनि उत्साह बढाइदिने सम्पुर्णलाई मुरी मुरी धन्यवाद
DSC07360

Namaste Filmy

Read Previous

'मेरो बेस्ट फ्रेन्ड' रिलिज डेट सारियो । अब जेठ ९ मा रिलिज हुने ।

Read Next

अश्लील हर्कत गरेको आरोपमा पुनम पाण्डे पक्राऊ ।