प्रभासले ‘साहो’को लागि सय करोड पारिश्रमिक लिएको खुलास

बाहुबली फेम प्रभासको एक्सन थ्रिलर फिल्म साहो ३० अगष्टमा रिलिज हुँदैछ । फिल्ममा प्रभासको अपोजित श्रद्धा कपूर हुनेछिन् । साहोबाट श्रद्धाले तेलुगु उद्योगमा डेब्यू गर्दैछिन् । सुजितको निर्देशनमा बनेको साहो २०१९ को सबैभन्दा ठूलो फिल्म मानिएको छ । यसका लागि प्रभास श्रद्धालाई निकै ठूलो पारिश्रमिक दिइएको बताइएको छ ।

रिपोर्टका अनुसार यो फिल्मको लागि प्रभालाई सय करोड पारिश्रमिक दिइएको छ । यो कुनै पनि भारतीय अभिनेतालाई दिइएको सबैभन्दा ठूलो पारिश्रमिक हो । यतिमात्र होइन प्रभास दोस्रो स्थानका रजनीकान्तभन्दा धेरै माथि पुगेका छन् । रजनीकान्तले फिल्म २.० को लागि ६० करोड पारिश्रमिक लिएको रिपोर्ट सार्वजनिक भएको थियो । यतिमात्र होइन प्रभासले साहोको प्रि–रिलिज बिजनेसको आधा हिस्सा पनि लिनेछन् । यद्यपि यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

Namaste Filmy

Read Previous

कान्तिपुर फिल्म एकेडेमीले चलचित्र ‘म’ निर्माण गर्ने

Read Next

स्मीता दाहाल र राजनराज शिवाकोटीको गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्माको रोमान्स