धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाईरस’ निर्माण घोषणा

चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माण अभियानमा ब्यस्त रहेका हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गर्ने चलचित्रको नाम अन्तत ‘‘सेन्टीभाईरस’ हुने भएको छ । धुर्मुस सुन्तलीले लामो समय देखी निर्माण गर्ने भनिएको चलचित्रको बुधवार आधिकारिक घोषणा भएको हो ।

यस अघी चलचित्रको नाम ‘एन्टीभाईरस’ राख्ने भनिएको थियो । तर पछी ज्योतिषले ‘एस’ बाट नाम राख्न सुझाव दिएपछि चलचित्रको नाम ‘सेन्टीभाईरस’ राख्ने चर्चा चल्यो । फेरी पछी आएर चलचित्रको नाम ‘छलकपट’ हुने भनिए पनि निर्माण घोषणा हुँदा ‘सेन्टीभाईरस’ नै भएको छ।

शुभ बिहानी फिल्म्सको ब्यानरमा बन्ने चलचित्रलाई निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । डिन्डु लामा ह्योल्मो निर्माताको रुपमा रहने चलचित्रको छायांकन भाद्र ३ गतेबाट शुरु हुनेछ । कमेडी जनरामा बन्ने चलचित्रमा ‘धुर्मुस सुन्तली’ नै मुख्य भूमिकामा रहेनेछन् । यस्तै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खना लगायतको पनि अभिनय रहनेछ । चलचित्रको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्यले लेखेका छन् ।

लामो समय देखी चलचित्र निर्माण गर्ने भन्ने चर्चा चले पनि रगंशाला निर्माण अभियानमा ब्यस्त भएकाले उनिहरुले तत्काललाई लागि त्यसलाई पछी सरेका थिए । कलाकार धुर्मुसले अरु भन्दा पनि रगंशाला अहिलेको आवश्यकता भएकोले चलचित्रको कामलाई तत्कालको लागि पछी सारेको बताएका थिए । तर गत जेष्ठ १५ गतेको घटना पछी रगंशालाको काम रोकिएकोले उनिहरु चलचित्रको काममा लागेका थिए । यद्दपी अहिले रगंशालाको काम पुन शुरु भईसकेको छ ।धुर्मुसले चलचित्रको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्य लागि खर्च गरिने समेत जानकरी दिए । जसमध्य १५ प्रतिशत रगंशाला निर्माणका लागि तथा ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि सहयोग गरिने उनले बताए ।

Namaste Filmy

Read Previous

तमिल सिनेमा ‘विक्रम वेधा’को हिन्दी रिमेकमा आमिर खान र सैफ अलि खान

Read Next

चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक, नम्रताको एक्सन अवतार