चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक, नम्रताको एक्सन अवतार

भदौ ६ गते देखि प्रदर्शनमा आउने चलचित्र ‘जाइरा’को एक्सनले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट एक सेकेन्ड लामो ट्रेलर एक्सन प्रधान रहेको छ । ट्रेलरले दर्शकहरुलाई फिल्म प्रती अझ धेरै उत्साहित बनाउने पक्का रहेको छ ।

ट्रेलरमा नम्रताको एक्सन अवतार हाबी भएको छ । उनि मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा देखिएकी छन् । चलचित्रमा उनी बदलाको लागि लड्छिन् । यस्तै उनको लडाई सिस्टम बिरुद्द पनि रहेको छ । ट्रेलरमा नम्रता सँगै अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी पनि फिचर्ड रहेका छन् ।

अनुप पुलिसको भूमिकामा देखिएका छन् भने प्रमोदलाई नेगेटिभ भूमिकामा देखाईएको छ । यस्तै सृजनालाई पनि नेगेटिभ र एक्सन अवतारमा देखाईएको छ । ट्रेलरमा रेमनदास श्रेष्ठले भने सानो स्पेस पाएका छन् । ट्रेलरमा फिचर्ड कलाकारहरु बाहेक चलचित्रमा सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । कलाकार मगर नम्रताको कोचको भूमिकामा छन् ।आशुतोष राज श्रेष्ठले ‘जाइरा’लाई निर्देशन गरेका हुन् ।कार्यक्रममा श्रेष्ठले चलचित्र मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए ।

चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत , सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले कोरियोग्राफीको काम गरेका छन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेको सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित ‘जाइरा’मा कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रको निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

Namaste Filmy

Read Previous

धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाईरस’ निर्माण घोषणा

Read Next

‘लभ यु हमेशा’ को फिलिपिन्समा सुटिङ हुदा ,भिडियो कन्टेस्ट घोषणा