बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले गरिन आत्महत्या

फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

मधुको आत्महत्याको वास्तविक कारण थाहा नभएपनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।

रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तिबीच निकै झगडा हुने गर्दथ्यो । मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए र पछि टिभी शोको सुटिङका लागिhttps://www.youtube.com/watch?v=MxGpjy30f3c&lc=z23wi1qbqq3gzr45q04t1aokgfo3dekrr1c5jtfgh3u5rk0h00410 बिहान करिब १० बजे घरबाट निस्किएका थिए ।

भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्ट मर्टमको लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ ।

Namaste Filmy

Read Previous

‘रातो टिका निधारमा’को गीतमा सम्राज्ञी र अंकित ‘मेरो माया के हो’भन्दै (भिडियो )

Read Next

प्रभास र श्रद्धा कपुरको ‘साहो’ सग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति