फ्राइडे रिलिज: ‘साइनो’ र ‘रे’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘साइनो’  र ‘रे’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘साइनो’  र  ‘रे’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘साइनो’ 

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘साइनो’  प्रदर्शनमा आएको छ।चलचित्र ‘साइनो’ लाई रमेश थापाले निर्देशन गरेका हुन् ।

चलचित्रमा निता ढुंगाना, मिरुना मगर , राजकुमार, नेपालकी प्रथम नायिका भुवन चन्द, बसुन्धारा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा सह निर्माता रहेको चलचित्र रमेश्वर कार्की र नवराज उप्रेतीले खिचेका हुन् । बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ ।

‘रे’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट  चलचित्र ‘‘रे’’ पनि प्रदर्शनमा आएको छ। ‘रे’ लाई दिनेश पौडेलले चलचित्रको निर्देशन गरेका छन् ।

चलचित्र सुनिल थापा, दिवस धिताल र सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति बराली , रक्षा गुरागाई, अभिषेक जोशीको अभिनय छ । फिल्ममा किशोर खतिवडाको विशेष भूमिका छ ।

चलचित्रमा कुमार श्रेष्ठको द्धन्द्ध निर्देशन, ओम सुनारको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रमेश बिशुँखेको सम्पादन, महेन्द्र थापाको छायांकन रहेको छ ।यो चलचित्रलाई राजेन्द्र त्रिपाठीले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रभास र श्रद्धा कपुरको ‘साहो’ सग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति

Read Next

चलचित्र ‘आमा’को छायांकनमा पानी नपर्दा समस्या