साम्राज्ञी र अंकित अभिनित चलचित्र ‘रातो टिका निधारमा’असोज १० रिलिज हुने

अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘रातो टिका निधारमा’को प्रदर्शन मिति तय गरिएको छ ।दशैँ रिलिज गर्ने भनिएको ‘रातो टिका निधारमा’असोज १० रिलिज हुने भएको छ । निर्देशक शर्माले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो चलचित्र १० रिलिज गर्ने जानकारी दिएको छन् ।

बिहिबार मात्रै ‘मेरो माया के हो’बोलको चलचित्रको रोमान्टिक गीतमा सार्वजनिक गरिएको छ भने गीतलाई दर्शकको राम्रो साथ मिलेको छ । चलचित्र ‘रातो टिका निधारमा’ अंकित सगै साम्राज्ञी राज्यलक्ष्मी शाह,निता ढुंगानाले रविन्द्र झा,बुद्दि तामाङ ,खुश्बु खड्का , बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।यसै चलचित्र मार्फत नेपाली रजतपटमा निर्देशक शर्माको छोरा अंकितले डेब्यु गरेका छन् ।

यस चलचित्र ‘रातो टिका निधारमा’ चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शक माझ प्रतिक्षित छ ।ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहने छन । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन रहनेछ ।

Namaste Filmy

Read Previous

रिमा विश्वकर्मा नसालुु आखामा डुब्दै जय रसाइली (भिडियो)

Read Next

पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक