चर्चामा स्मिता दाहालको गीत ’मायालु तिमी कता छौ’ ,युट्युब ट्रेडिङको तेस्रो नम्बरमा (भिडियो)

गायिका स्मिता दाहालको स्वर रहेको ’मायालु तिमी कता छौ’ बोलको गीतलाई दर्शक तथा स्रोता मन पराएका छन् ।स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको यस गीत अहिले नेपालको युट्युब ट्रेडिङमा तेस्रो नम्बरमा रहेको छ। चार दिन अघि सार्वजनिक उक्त गीतलाई अहिले सम्म सत्र लाख पचास हजार भन्दा बढी पटक हेरिएको छ।

निकै मेहेनेत गरेर भिडियो निर्माण गरिएको गीतको  भिडियोमा अहिले सम्म ७१ हजार भन्दा बढी लाईक्स पाएको छ भने २.३ हजार भन्दा बढी डिसलाइक्स पाएको छ । साथै गीतमा २६ सय पचास बढी कमेन्ट पनि आएको छ ।धेरै जसो कमेन्टमा गायिका स्मिता दाहालको स्वर र भिडियोको खुलेरै तारिफ गरिएको छ । गायिका स्मिता दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।उनले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसकेकि छिन् ।

दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् ।गीतको म्युजिक भिडियो ‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।भिडियोमा गायिका स्मीता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् ।

राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘प्रेम गीत ३’ मा प्रदिप खड्का देखि माओत्से गुरुङ सम्म यस्तो छ कास्टिङ लाइनअप

Read Next

बलिउड अभिनेता बरुण धवनको इंगेजमेन्ट भइसकेको खुलासा