नवल नेपाल निर्देशित फिल्म 'महसुस' कतारमा प्रर्दशन हुने।

राजेन्द्र कार्की । 
nawal[dropcap]ना[/dropcap]यिका केकी अधिकारीको अभिनयले दर्शकको मन जित्न सफल रहेको र खुबै प्रशंसा बटुल्न सफल नवल नेपालद्धारा निर्देशित चलचित्र“महसुस”कतारमा प्रर्दशनको तयारी भइरहेको छ । समाजिक कथावस्तुमा आधारित यस चलचित्र कतार स्थित औद्योगिक क्षेत्रको ग्रेण्ड हलमा मे ९ तारिखमा प्रर्दशन गरिने चलचित्रका निर्देशक नवल नेपालले बताउनु भएको छ । कतार स्थित अन्तराष्ट्रिय कलाकार मञ्च आयोजक रहेको चलचित्र प्रर्दशनका लागि निर्माता कल्याण घिमिरे दुइ हप्ता अघि नै कतार पुग्नु भई प्रर्दशनको तयारीमा लागिरहनु भएको छ ।
चलचित्र “महसुस” को निर्माण पुर्व नै कल्याण घिमिरेद्धारा लगानी रहेको र नेपाल कै निर्देशन रहेको चलचित्र “श्रीमान” ले ५१ दिन मनाउन सफल रहेको थियो । लगभग दुइ वर्ष अघि नै अल नेपाल रिलिज भइसकेको चलचित्र महसुसले ५१ दिन मनाउन नपाए पनि निर्देशक नेपालको भने चौतर्फी तारिफ गरिएको थियो ।नायिका केकी अधिकारी ग्रामिण परिवेश की सिधासिधा भूमिकामा देखापर्दै सशक्त अभिनय प्रस्तुतीका कारण यस चलचित्रबाट निर्देशक नेपालले अत्यधिक वाहवाही पाउनु भएको हो ।mahasusचलचित्रका पात्रहरु आर्यन सिग्देल, निर शाह, केकी अधिकारी, वेनिशा हमाल, मिथिला शर्मा, हिउँवाला गौतम, रविन्द्र खडका लगायतका रहेका छन् । कथा, पटकथा र संवाद स्वयं निर्देशक नवल नेपालको नै रहेको छ भने गीत सुरेश अधिकारी र दिनेश सुवेदीको रहेको छ । मूख्य छाँयाकार दिब्य सुवेदी रहेको यस चलचित्रको सम्पादन बद्री लामिछानेले गरेका हुन भने संगीत सुरेश अधिकारीको रहेको छ । द्धन्द्ध रहित यस चलचित्रका नृत्य निर्देशन कवीराजले गरेका छन् ।

Namaste Filmy

Read Previous

अश्लील हर्कत गरेको आरोपमा पुनम पाण्डे पक्राऊ ।

Read Next

सम्मान पाएपछि रुन मन लाग्यो शुभेच्छालाई ।