प्रभास अभिनित ‘साहो’ को एक्सनले भरिपूर्ण ट्रेलर रिलिज (भिडियो सहित)

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित ‘साहो’ को ट्रेलर रिलिज भएको छ । लामो समय दर्शकहरुले प्रतिक्षा गरिरहेको ट्रेलर शनिबार रिलिज भएको हो । रिलिज ट्रेलरमा फिल्मको पावरफुल कास्टलाई देखाईएको छ ।

फिल्मको ट्रेलर एक्सनले भरिपूर्ण रहेका छन् । ट्रेलरमा हलिउड स्तरमा एक्सन स्टन्टहरु रहेका छन् । फिल्मको ट्रेलर हेर्दा हलिउड फिल्म हरेको भान हुन्छ । फिल्ममा प्रभासले अण्डरकभर एजेन्टको भूमिका निर्वाह गरेको ट्रेलरबाट प्रष्ट हुन्छ । उनी सामु मुम्बईमा भएको २ हजार करोडको चोरी पत्ता लगाउने चुनौती रहेको ट्रेलरमा देखाईएको छ ।

नायिका श्रद्दा कपुरलाई क्राइम ब्रान्च अफिसरको भूमिकामा छिन् । फिल्ममा उनी अमृता नैय्यरको अफिसरको भूमिकामा छिन् ।फिल्ममा जैकी श्रॉफ, चंकी पांडे, महेश मांजरेकर र नील नितिन मुकेश नेगेटिभ क्यारेक्टरमा रहेको ट्रेलरले प्रष्ट पार्छ ।

‘बाहुबली’ पछि अभिनेता प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदैछन् । यो फिल्मबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्दैछिन् । यो फिल्मको ९० प्रतिशत एक्सन पूरै रियल हो ।

प्रभास भन्छन्, ‘दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर हामीले फिल्ममा सबैकुरा रियल गर्ने कोशिश गरेका छौँ ।’ फिल्ममा ज्याकी श्राफ, मन्दिरा बेदी र नील नीतिन मुकेशको पनि प्रमुख भूमिका छ ।

अगस्ट ३० अर्थात भाद्र १३ गते रिलिज हुने फिल्मको लगानी २५० देखी ३०० करोडको भएको बताईएको छ । वम्सी कृष्ण रेड्डी, प्रमोद उपल्लापटी र भुषण कुमारले निर्माण गरेको फिल्मलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा सुजीथकै कथा तथा पटकथा रहेको छ । तालिम भाषामा छायाकन गरिएको फिल्मलाई तेलेगु, मलायम र हिन्दी भाषामा पनि प्रदर्शन गरिनेछ । एजेन्सी

password

Namaste Filmy

Read Previous

आफन्तले बिर्सिए पनि हामीले बिर्सिएका छैनौँ श्री !

Read Next

गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको तीज गीत ‘ वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो)