‘भद्रगोल’की मुन्नीलाई देखेर गायक साहिल खड्कालाई ‘सरीमै लाउने’ (भिडियो )

पछिल्लो समयमा चर्चित नेपाली टेलिसिरियल ‘भद्रगोल’बाट चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ।‘सरीमै लाउने’ म्युजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । भिडियोमा प्रियना दोहोरो भूमिकामा प्रस्तुत भएकी छन्।

शाहिल खड्काको शब्द , संगीत र स्वर रहेको सो म्युजिक भिडियो प्रियनाको साथमा गायक साहिल खड्काको अभिनय रहेको छ।भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा भिडियो निर्माण गरिएको हो ।

गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सागर मगरको कोरियोग्राफी रहेको छ।असफल प्रेमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियो साहिल खड्का अफिसियलमा सार्वजनिक भएको छ।

Namaste Filmy

Read Previous

गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको तीज गीत ‘ वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो)

Read Next

‘हजार जुनीसम्म’को र्शिष गीतमा आयुष केसीको स्वर (भिडियो)