संचारकर्मी शारदा थापाको तीज गीत ‘राजैले’को भिडियो सार्वजनिक

संचारकर्मी शारदा थापाको स्वर रहेको तीज गीत ‘राजैले’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘राजैले’बोलको गीतमा प्रेमदिप रामजालीको शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ ।

लामो समय देखि संञ्चार क्षेत्रमा सक्रिय रुपमा काम गरीरहेकी शारदा को यस अघि पनि ३ वटा तिज गित सार्वजनिक भैसकेका छन् ।भिडियो शारदा क्रियसनको युट्युव च्यानलमा अपलोड गरीएको छ ।

गीतको भिडियोमा गायिका शारदा थापाको नै अभिनय रहेको छ भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन । तरंग स्टुडीयो डिल्ली बजारमा रेकर्ड गरीएको ‘राजैले’ बोलको गीतलाई करण चैसरले खिचेका हुन ।भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘हजार जुनीसम्म’को र्शिष गीतमा आयुष केसीको स्वर (भिडियो)

Read Next

ट्वीटरले राखी सावन्तको खाता बन्द गरिदियो