सम्मान पाएपछि रुन मन लाग्यो शुभेच्छालाई ।

[dropcap][/dropcap]गामी जेठ ९ गते रिलिजको तयारीमा रहेको चलचित्र मिस नेपाल लाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । जोशी सेवा समाजको १४ औ बार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रममा फिल्मलाई सम्मान गरिएको हो । कार्यक्रममा फिल्मका निर्माता निर्देशक लगायतले मायाको चिनो लिदै सम्मान ग्रहण गरेका थिए ।suvechha1सम्मान ग्रहण गर्दै निर्मात्री तथा नायिका शुभेच्छा थापाले ले फिल्मबाट पहिलो पटक सम्मान पाउदा अति नै खुशी लागेको बताइन । भावुक हुदै उनले भनिन- ‘गाली पछिको ताली पाए , एकदमै रुन मन लाग्यो ।’

यता चलचित्र मिस नेपाल पनि केहि समय अघि जोशी सेवा समाजको सहयोगार्थ च्यारिटी शो गरिएको थियो । राजधानीको जय नेपाल हलमा गरिएको उक्त शोमा फिल्म अत्यन्त रामैो लागेको बताउदै जोशी सेवा समाज ले फिल्मको सफलताको शुभकामनासमेत दिएका थिए ।

पटक पटक विभिन्न तनावका बाबजुद रिलिजको अन्तिम तयारीमा जुटेको फिल्म मिस नेपाल अन्य विभिन्न स्थानमा पनि च्यरिटी शो गरिसकेको छ ।
यसअघि पटक पटक रिलिज मिति सार्दै आइरहेको फिल्मको रिलिज अब भने पक्का हुने बताइएको छ । मार्मिक नारी समवेदनाका साथै नारी साहसमा आधारित यस चलचित्रका कालकारहरुमा क्षितिजा शाक्य, सुनिल सिंजापति, सविन श्रेष्ठ, कल्याण घिमिरे लगायतका रहेका छन् । फिल्मलाई निर्देशक सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन ।
स्मरण रहोस जेठ ९ गते मिस नेपाल संगै हंसिया र मेरो बेष्ट फ्रेन्ड पनि रिलिज हने तयारीमा छ ।

suvechha

Namaste Filmy

Read Previous

नवल नेपाल निर्देशित फिल्म 'महसुस' कतारमा प्रर्दशन हुने।

Read Next

२६० फिटको उचाइबाट हाम फाले टाइगर श्राफ।