चलचित्र ‘एन्टी हिरो’मा अनमोल केसी र भुवन केसी

चलचित्र ‘ए मेरो हजुर ३’पछि कुनै चलचित्र नगरेका सुपरस्टार अनमोल केसीले अब नया चलचित्रमा काम गर्ने भएका छन् । अनमोल केसीले अभिनयमा चलचित्र ‘एन्टी हिरो’निर्माण हुने भएको छ । एक्सन, लभस्टोरी जनरामा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’होम प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ ।

चलचित्रमा अनमोलसँगै अभिनेता भुवन केसी भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् ।सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने ‘एन्टी हिरो’मा निर्देशक र अन्य कलाकार को-को रहने भन्ने चाँडै फाइनल हुने निर्माता तथा अभिनेता भुवन केसीले बताए ।सुपरकाजल फिल्मसले निर्माण गर्न लागेको यस चलचित्रको नाम आजै मात्र विकास बोर्डमा दर्ता गरिएको हो ।

तिहारपछि छायांकन सुरु हुने चलचित्र‘एन्टी हिरो’मा दयाहाङ राईको समेत अभिनय रहने चर्चा चलेको छ ।चलचित्रलाई भुवन केसी या अरु कसैले निर्देशन गर्ने केहि जानकारी दिएको छैन।

Namaste Filmy

Read Previous

ट्वीटरले राखी सावन्तको खाता बन्द गरिदियो

Read Next

ऋतिक रोशन र टाइगर श्रोफ अभिनित चलचित्र ‘वार’को पोष्टर सार्वजनिक