ऋतिक रोशन र टाइगर श्रोफ अभिनित चलचित्र ‘वार’को पोष्टर सार्वजनिक

ऋतिक रोशन र टाइगर श्रोफ अभिनित चलचित्र ‘वार’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । तामिल, तेलगु र हिन्दी गरि तीन भाषामा प्रदर्शन हुने चलचित्रको पोस्टरमा मुख्य कलाकार ऋतिक रोशन र टाइगर श्रोफलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रकी नायिका बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ ।

केही समय पहिले सार्वजनिक टिजरले ‘वार’लाई वर्षकै प्रतिक्षित सिनेमाको रुपमा उभ्याएको छ । सार्वजनिक टिजरमा दुई एक्सन स्टार विचको घमासान युद्धलाई स्थान दिइएको थियो । पछिल्लो समय एक्सन र नृत्यमा पोख्त ऋतिक र टाइगर विचको युद्ध रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसराज फिल्मसको प्रस्तुतिमा निर्माण भीको सिनेमा ‘वार’ असोज १५ अर्थात अक्टुबर २ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । आदित्य चोपडाको लगानी रहेको सिनेमालाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘एन्टी हिरो’मा अनमोल केसी र भुवन केसी

Read Next

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत रिलिज (भिडियो )