आज बाट प्रतिक्षीत चलचित्र  ‘हजार जुनीसम्म’ प्रदर्शनमा

आज बाट नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।आजबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र  ‘हजार जुनीसम्म’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘हजार जुनीसम्म’

आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र  ‘हजार जुनीसम्म’ प्रदर्शनमा आएको छ।चलचित्र ‘हजार जुनीसम्म’ लाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, संचिता लुईंटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान,अनुभब रेग्मी लगायतको अभिनय रहेको छ ।अखिलेस प्रधानलेयासै चलचित्र मार्फत नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

चलचित्र ‘हजार जुनीसम्म’ लाई विशाल चाम्लिङ्गले  निर्माण गरेका हुन्  भने कार्यकारी निर्माता कविता रेग्मी हुन् । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्र ‘हजार जुनी सम्म’मा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।चलचित्रमा कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।

password

Namaste Filmy

Read Previous

“हाम्रो भरतपुर “मा स्मिता दाहाल र सत्य-स्वरुपको स्वर (भिडियो )

Read Next

‘रिजन अफ रिया’को शुभ मुहुर्त, आजैबाट छायाँकन