‘रिजन अफ रिया’को शुभ मुहुर्त, आजैबाट छायाँकन

चलचित्र ‘रिजन अफ रिया’को शुभ मुहुर्त भएको छ । जनै पूर्णिमाको शुभ अवसर पारेर चलचित्रको बिहीवार भद्रकाली मन्दिर काठमाडौंमा शुभ मुहुर्त गरिएको हो । शुभ मुहुर्त सँगै आजैबाट चलचित्रको छायाँकन शुरु गरिएको छ ।

धनेश्वर फिल्मस् प्रा.लि को ब्यानरमा निर्माण शुरु भएको चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दैछन् । चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी लगायतको अभिनय रहने छ ।

उमेश गिरी र समीर श्रेष्ठले निर्माण गर्न लागेको चलचित्रमा कुमार जँग कार्की सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहनेछ । एक्सन लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रको छायाँकन काठमाडौं र मुस्ताङका गरिने बताईएको छ ।

Namaste Filmy

Read Previous

आज बाट प्रतिक्षीत चलचित्र  ‘हजार जुनीसम्म’ प्रदर्शनमा

Read Next

बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन