बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको निधन भएको छ । अधिकारीको ७३ वर्षको उमेरमा आज निधन भएको हो । लामो समय देखि दमको रोगले समय ग्रस्त अधिकारीको आज विहान ८ बजेको समयमा आफ्नै निवास डल्लुमा निधन भेएको हो ।

काठमाडौंको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्मिएकी २०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो।

निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् । उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।

password

Namaste Filmy

Read Previous

‘रिजन अफ रिया’को शुभ मुहुर्त, आजैबाट छायाँकन

Read Next

चलचित्र ‘जाइरा’ टिम चितवनमा