बलिउड अभिनेत्री शर्लिन चोपडालाई रामगोपाल वर्माले अश्लील भिडियो पठाएको खुलासा

बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले हालै दिएको एउटा बयानले बलिउडमा हंगामा भएको छ । हालै शर्लिनले चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्मासँग सम्बन्धित एउटा सनसनीपूर्ण खुलासा गरेकी थिइन् । शर्लिनका अनुसार रामगोपाल वर्माले उनलाई एडल्ट फिल्मको अफर दिएका थिए जसको साथमा उनले अश्लील भिडियो ले समेत पठाएका थिए ।

शर्लिनको यो बयान चर्चाको विषय बनेको छ । स्पटब्वायलाई दिएको अन्तरवार्तामा शर्लिनले यो खुलासा गरेकी थिइन् । उनले भनिन् –‘२०१६ मा मैले रामगोपाल वर्मालाई ह्वाट्सएपमा मेरा केही फोटो पठाएकी थिएँ र उनलाई आफ्नो वर्क प्रोफाइल बताएकी थिएँ । मैले उनीसँग उनको तत्कालीन प्रोजेक्टबारे सोधें र बताएँ कि मलाई उनको फिल्म रंगीला, सत्या कम्पनी हेरें र यी फिल्म मलाई मन परे त्यसैले म उनीसँग काम गर्न चाहन्छु ।’

शर्लिनका अनुसार जवाफमा रामगोपालले उनलाई एक अश्लिल फिल्मको स्क्रिप्ट र एउटा अश्लील भिडियो पठाए अनि भने –‘यो मेरो स्क्रिप्ट हो यसलाई हेरेर सुझाव दिनू ।’ शर्लिनका अनुसार त्यो स्क्रिप्टमा कुनै कथा नै थिएन । स्क्रिप्टमा जे थिए ती सबै अश्लील दृश्य मात्र थिए । शर्लिनले स्क्रिप्ट देखेर भनिन् –‘यो कसरी हुन सक्छ ? एउटा राजा थियो एउटी रानी थिइ । राजाले रानीसँग सेक्स गरे कथा सकियो ।’

रामगोपालले शर्लिनलाई यदि उनी यो फिल्म गर्न सहज भए अगाडि बढ्न सक्ने जवाफ दिएका थिए । पछि शर्लिनले यो फिल्म कहाँ रिलिज हुन्छ भनेर सोध्दा उनले एडल्ट मार्केटमा रिलिज हुने बताएका थिए । रामगोपालले सनी लियोनीको उदाहरण दिँदै उनी एडल्ट फिल्मबाट आएकोले धेरै फाइदा भएकोले शर्लिन पनि यो फिल्मपछि करिअरमा धेरै अगाडि जान सक्ने बताएका थिए । तर, शर्लिनले यो फिल्ममा काम गर्न अस्वीकार गरिन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘जाइरा’ टिम चितवनमा

Read Next

‘हजार जुनीसम्म’ को ‘सत्य सत्य’ सार्वजनिक (भिडियो सहित)