२६० फिटको उचाइबाट हाम फाले टाइगर श्राफ।

 [dropcap][/dropcap]र्चित बलिउड अभिनेता जैकी श्राफको छोरा टाइगर श्राफलाई बलिउडमा सम्भावना बोकेको हिरोको रुपमा लिइएको छ । हाल टाइगर अभिनीत फिल्म हिरोपति रिलिजको तयारीमा छ । फिल्ममा उनले दिएको एक खतरनाक स्टन्टको बिषयलाई लिएर उनको प्रशंसा बढेको हो ।tiger shrof
टाइगरले एक्सन र रोमान्समा आधारीत फिल्म हिरोपतिको एक सीनको लगी २६० फिट उचाईको विल्डिगंबाट हामफालेका थिए । मुम्बईको सिमान्त इलाकामा छयांकन गरिएको उक्त स्टन्ट बास्तवमै खतरनाक रहेको र अलिकति मात्र दायांबायां भएको भए ज्यान नै जान सक्ने सम्भावना रहेको फिल्मका निर्देशक सब्बीर खानको भनाई छ । तर उक्त दृश्य अन्य स्टन्ट म्यानलाई नदिएर टाइगर आफैले सजिलै पुरा गरेका थिए । त्यसो त टाइगर आफ्नो कुनैपनि दृश्य आफै गर्न रुचाउछन ।
फिल्म हिरोपति बाट टाइगर संगै कृति सेनन पनि आफ्नो पाइला बलिउडमा राख्दैछन । बिशुद्ध प्रेमकथामा आधारीत फिल्म हिरोपतीलाई साजिद नाडियालवाला ले निर्माण गरेका हुन । फिल्म हिरोपती अगामी २३ मे मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

सम्मान पाएपछि रुन मन लाग्यो शुभेच्छालाई ।

Read Next

समाजसेवामा 'आवारण' । रक्तदान र नेत्रदान सम्पन्न ।