‘हजार जुनीसम्म’ को ‘सत्य सत्य’ सार्वजनिक (भिडियो सहित)

साउन ३० गतेबाट देशभर एक साथ प्रदर्शन भएको चलचित्र ‘हजार जुनीसम्म’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘सत्य सत्य’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । चलचित्र रिलिज भएको ३ दिन पछी ज अर्को गीत सार्वजनिक गरिएको हो । यस अघी फिल्मको सस्पेन्स नखुलाउनका लागि यो गीतलैऐ सार्वजनिक गरिएको थिएन ।

सार्वजनिक रोमान्टिक गीतमा सुगम पोख्रेलको आवाज रहेको छ । मानस बिक्रम थापाको शब्द रहेको गीतमा प्रविन पौडेलको संगीत रहेको छ । गीतमा आर्यन सिग्देल र प्रियंका कार्की फिचर्ड रहेका छन् । सिक्किमको हिमाली भेगमा रहेको चाँगु लेकमा खिचिएको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

हाल प्रदर्शन भईरहेको चलचित्र ‘हजार जुनीसम्म’ ले सन्तोषजनक व्यापार गर्न सकिरहेको छैन । बिशाल चाम्लिङले निर्माण गरेको चलचित्रलाई ‘नाई नभन्नु ल’ सिरिज फेम्ड निर्देशक बिकासराज आचार्यले निर्देशन गरेका हुन् ।

आर्यन र प्रियका सँगै सन्चिता लुइटेल,स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, अनुभव रेग्मी, अखिलेश प्रधान लगायतको अभिनय रहेको चलचित्रमा निर्माता चाम्लिङकै कथा रहेको छ भने निर्माता आचार्य र सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहेको छ ।पुरुशोत्तम प्रधानले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री शर्लिन चोपडालाई रामगोपाल वर्माले अश्लील भिडियो पठाएको खुलासा

Read Next

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश