शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै यो निर्णय गरेको हो । सर्वोच्चको यो अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ ।

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले साउन पहिलो हप्ता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।बहु-विवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनले साउन २९ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

password

Namaste Filmy

Read Previous

‘हजार जुनीसम्म’ को ‘सत्य सत्य’ सार्वजनिक (भिडियो सहित)

Read Next

गायिका सुमिता राईको‘हरेक साँझ ‘सार्वजनिक (भिडियो )