गायिका सुमिता राईको‘हरेक साँझ ‘सार्वजनिक (भिडियो )

बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस अतिथि भएर गायिका सुमिता राईको गायन रहेको एकल एल्बम ‘सगुन ‘ को एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।

मुकेश राई,प्रतिक चामलिंग,निर्मल परिबेश राई र कुमार बिबाहितको शब्द,बिक्रम राई,मन थुलुङ्ग राई,पुजन लोह्गन,कुमार बिबाहित र शिला बहादुर मोक्ताको सङ्गीत तथा गीतमा एरेन्जमेन्ट संजय हमाल,शिला बहादुर मोक्तान,रिदन कंडेल,फणिन्द्र राई,हरि लम्शाल र पुरुसोत्तम सुबेदिको रहेको छ ।

एल्बमको ‘हरेक साँझ ‘नामक गीतलाई रोमान्टिक शैलीमा नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन् । जहाँ गायिका सुमिता राई र खरुन राई फ़िचर्ड भएका छन् । जहाँ दुईको केमेस्ट्री रोमान्टिक देखिएको छ । नयाँ र नौलो प्रयोग गरिएर खिचिएको गीतमा उमिशा पाण्डेको मेकअप, दिपेन्द्र बस्न्यातको छायांकन र दिपेन्द्र बस्न्यातकै सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण लगानी खरुन राईले गरेका छन् ।

password

Namaste Filmy

Read Previous

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Read Next

आर्यन सिग्देल अभिनित चलचित्र ’च च हुई’ को पोस्टर सार्वजनिक