सुनिल गिरीको गीत ‘यात्री’को भिडियो सार्वजनिक

लोक–पपगायक सुनिल गिरीको श्रव्य दृश्यसहितको नयाँ गीत ‘यात्री’ बजारमा आएको छ ।सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा पद यात्राको आकर्षक गन्तव्य मानिने अन्नपूर्ण आधार शिविरको यात्रामा खिचिएका मनमोहक दृश्यलाई समेटिएको छ ।

“हामी आफैँले गीत सङ्गीतमार्फत नेपालको मनोरम दृश्यलाई विश्वसामु किन नपु¥याउने भनेर यात्राका क्रममा खिचिएका श्रव्यदृश्य गीतमा राखेका छौँ, यसले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वास छ”, गायक गिरीले भन्नुभयो ।

को होला त्यो मसँग आँखा जुधाउने…, देउराली भञ्ज्याङ …, सोल्टिनी …., लगायत दर्जनौँ गीत बज ारमा ल्याएका नेपाली लोक–पप विधाका गायक गिरीको उक्त नयाँ गीत उहाँ कै युट्युबमा हेर्न सकिनेछ ।

जिन्दगी र यात्राका अनेकन परिवेश समेटिएको गीतमा घान्द्रुकको बेँसीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण आधार शिविरसम्मका आकर्षक प्राकृतिक दृश्य समेटिएको छ । गीतको शब्द, सङ्गीत तथा निर्देशन गायक गिरीको रहेको छ ।

मदानी क्रियशनले उत्पादन गरेको यस भिडियोमा गायक गिरीसहित टीकाराम पनेरु, विनोद अधिकारी र आरके बानियाँले अभिनय गर्नुभएको छ । रासस

password

Namaste Filmy

Read Previous

आर्यन सिग्देल अभिनित चलचित्र ’च च हुई’ को पोस्टर सार्वजनिक

Read Next

चलचित्र ‘बादशाह जुट’को पोस्टर र रिलिज डेट सार्वजनिक