समाजसेवामा 'आवारण' । रक्तदान र नेत्रदान सम्पन्न ।

[dropcap]प्र[/dropcap]दर्शन मिति नजिकिदै गर्दा फिल्म आवारण युनिट यतिबेला कम्मर कसेर पब्लिसिटीमा लागेका छन ।  फिल्मले पब्लिसिटीसंगै विभिन्न सामाजिक कार्यमा पनि सक्रियता बढाइरहेको छ । यहि क्रममा फिल्म युनिटले शनिबार बृहत रक्तदान तथा नेत्रदान कार्यक्रम सम्पन्न गरेको छ ।awaran1जोरपाटी स्थित नव जागरण समाजसंगको सहकार्यमा सम्पन्न कार्यक्रममा ५० जनाले रक्त दान गरे भने ३० जनाले नेत्र दान गरेका थिए । शुनबार बिहान ११ बजेबाट जोरपाटी क्लबमा आयोजिट कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयाल ले समेत सहभागी हुदै यस्तो काम मा सबै लाग्नु पर्ने बताए ।awaran
फिल्म युनिटले समाजसंगको सहकार्यमा यसअघि पनि बागमती सफाइ तथा फेस पेन्टिङ लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । अगामी जेठ २ गतेबाट रिलिज हुने फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन । फिल्मलाई एयर क्रिऊ प्रोडक्सनको प्रस्तुतीमा अनिल योञ्जन, लक्ष्मी लामा, रोजन श्रेष्ठ, सविता राई, पवित्रा योञ्जन ले संयुक्त रुपमा निर्माण गरेका हुन । प्रियंका कार्कीको मुख्य भुमिका रहेको फिल्ममा दिव्य देव, शुशिलराज पाण्डे, रवि गिरी, नरेश पौडेल, अनुभव रेग्मी, सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।awaran2

Namaste Filmy

Read Previous

२६० फिटको उचाइबाट हाम फाले टाइगर श्राफ।

Read Next

भुतसंग सेक्स गर्छिन, यी हलिउड अभिनेत्री ।