वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको निधन

नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ । ६४ वर्षको उमेरमा उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे ।लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।

भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।

Namaste Filmy

Read Previous

घरमै बसेर नयाँ नेपाली चलचित्र हेर्न पाउने, ‘भिडियो पसल’ एप्स सार्वजनिक

Read Next

 चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही पक्राउ