चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही पक्राउ

चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही पक्राउ परेका छन् । निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै करीब एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुले उनलाई पक्राउ गरेको हो ।

कमलपोखरीबाट पक्राउ परेका उनलाई सोधपुछका लागि टेकुमा राखिएको छ । उनी निर्मित पछिल्लो फिल्म ‘लभ स्टेशन’ हो ।निर्माता शाहीले पछिल्लो समय काफिया फिल्मस्बाट नेपाली फिल्मको वितरण गर्दै आएका छन् । उनले अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘एन्टी हिरो’ र प्रदिप खड्काको ‘प्रेमगीत ३’ को वितरण जिम्मा पाएका छन् ।

Namaste Filmy

Read Previous

वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको निधन

Read Next

बलिउड अभिनेत्री सन्नि लियोन नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा नेपाल आउने