अक्षयकुमारको मिशन मंगल सय करोड क्लबमा

बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको मिशन मंगल अक्षयकुमारको अहिलेसम्मकै छिटो सय करोड क्लबमा पुग्ने फिल्म बनेको छ ।फिल्मले रिलिजको पाँचौ दिन सोमबार ९ करोड ९१ लाख कलेक्सन गरेसँगै सय करोड क्लबमा पुगेको छ । फिल्मले अहिलेसम्म १०६ करोड ४७ लाख कलेक्सन गरेको छ ।फिल्मले आइतबार २७ करोड ५४ लाख कलेक्सन गरेको थियो । त्यस्तै फिल्मले रिलिजको तीन दिनमा ७० करोड कलेक्सन गरेको थियो ।

यस अघि अक्षय कुमारको फिल्म २.० ले पनि ५ दिनमा सय करोड कलेक्सन गरेको थियो भने केसरीले ७ दिनमा सय करोड कलेक्सन गरेको थियो । त्यस्तै टवाइलेट एक प्रेम कथाले ८ दिनमा र रुस्तमले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो ।मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६ लाख कलेक्सन गर्दै अक्षयकुमारको क्यारियरकै पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्म बनेको छ ।

अक्षयको यस अघि रिलिज फिल्म २१०८ मा गोल्डले २५ करोड २५ लाख कलेक्सन गरेको थियो भने २०१६ मा रिलिज भएको रुस्तमले १४ करोड ११ लाख र २०१७ मा रिलिज भएको टवाइलेट एक प्रेम कथाले पहिलो दिन १३ करोड १० लाख कलेक्सन गरेको थियो ।

मिशन मंगल विज्ञान विषयमा बनेको पहिलो फिल्म मानिएको छ । फिल्मलाई विश्लेषकहरुले राम्रो समिक्षा दिएका छन् ।यस फिल्ममा अक्षयका अलावा विद्या बालन, सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन् ।फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् भने फिल्मलाई होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।त्यस्तै १५ अगस्टमै रिलिज भएको जोन अब्राहीमको फिल्म बाटला हाउसले पाँच दिनमा ५३ करोड ४ लाख कलेक्सन गरेको छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री सन्नि लियोन नेपाली चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा नेपाल आउने

Read Next

चलचित्र ‘च च हुई’को गीतमा सिल्की सिल्की’गर्दै आर्यन सिग्देल र मिरुना मगर (भिडियो)