शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियो)

गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ ।

अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन ।

भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।

 

Namaste Filmy

Read Previous

गायक तथा सञ्चारकर्मी सुरज पौडेलको गीत‘सान्नानी’ को भिडियो सार्वजनिक

Read Next

प्रचार प्रसारको लागि ‘मारुनी’ युनिट चितवन