प्रचार प्रसारको लागि ‘मारुनी’ युनिट चितवन

भाद्र १३ गतेबाट देशभर एक साथ प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मारुनी’ को प्रचार प्रसार तिब्र रुपमा अघी बढीरहेको छ । प्रदर्शन मिती नकिदै गर्दा चलचित्र युनिट बिहीवार चितवन आईपुगेको छ । प्रचार प्रसारको लागि चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निमात्री पुनम गौतमले ‘मारुनी’ माथि आफुहरुलाई पूर्ण विश्वास रहेको बताएकी छिन् ।

उनले चितवनबाट नेपाली चलचित्रले सधैं माया पाउने गरेको बताउदै ‘मारुनी’ ले पनि त्यो माया पाउने विश्वास रहेको बताईन् । चितवन आफ्नो माइती भएकोले पनि एउटा चेलीले निर्माण गरेको चलचित्र हेरेर प्रतिकृया दिन आग्रह गरिन् । मारुनी एक बर्ष अघीबाट निर्माण भएको र ‘मारुनी’ को इच्छा’ अनुसार नै यसलाई तयार पारीएको गौतमको भनाई छ । गौतमले ‘मारुनी’ को भिडन्त ‘मारुनी’ सँग नै भएको बताएकी छिन् दक्षिण भारतीय फिल्म ‘साहो’ र ‘मारुनी’ भिड्ने भन्ने प्रसँगमा बोल्दै गौतमले ‘मारुनी’ को प्रतिस्पर्धी ‘साहो’ नभई ‘मारुनी’ नै भएको बताएकी छिन् ।

चलचित्रका निर्देशक नवल नेपालले ‘मारुनी’ मौलिक नेपाली चलचित्र भएको बताएका छन् ।’मारुनी’ आँफैमा मौलिक नेपाली शब्द भएको र त्यसलाई प्रतिबिम्बको आधार मानेर चलचित्र तयार पारीएको उनले बताए । उनले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित भएको बताउदै सबैलाई एक पटक हेरेर प्रतिकृया दिन आग्रह गरे । साम्राज्ञी र पुष्पले चलचित्रलाई न्याय गर्न सकिने देखिएकोले उनिहरुलाई लिईएको नेपालले जानकरी दिए ।

चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चितवनबाट सधैं धेरै माया पाउने गरेको बताईन् । ट्रेलर र गीतबाट राम्रो माया पाएकोले चलचित्र पनि राम्रो हुने विश्वास रहेको साम्राज्ञीले बताईन् । उनले ट्रेलर र गीत जस्तै दर्शकहरुले चलचित्रलाई पनि मन पराइदिए आफ्नो सपना पुरा हुने बताईन् ।

नायक पुष्प खड्काले चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा दर्शकहरुको प्रतिकृया कस्तो आउँला भनेर उत्साहित रहेको बताएका छन् । उपत्यका बाहिर अहिले सम्म मिडिया तथा दर्शकहरुबाट राम्रो साथ पाईरहेको उनले बताए । अहिले सम्म गीत र ट्रेलरबाट राम्रो प्रतिकृया पाएको बताउदै पुष्पले चलचित्रबाट पनि राम्रो राम्रो प्रतिकृया पाउने विश्वास रहेको बताए । चलचित्रको लागि सबैले निकै मेहनत गरेको उनले बताए ।

चलचित्रले महिलाको कथा पनि बोकेको र तीज कै समयमा प्रदर्शन हुने तयारीमा रहेकोले अझ धेरै मायाको आशा रहेको उनले बताए । उनले चलचित्र हेरिसके पछी जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिन आग्रह गरे । चलचित्रमा उनले एउटा समाजको प्रतिनिधित्व गर्ने पात्रको भूमिका निर्वाह गरेको जानकारी दिए ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा साम्राज्ञी र पुष्पको अलावा रेविका गुरुङ, अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक बज्रचार्य, अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहेको छ भने प्रविण सिंह, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।

नारायणी नदि किनारमा ‘मारुनी कन्सर्ट’

बिहीवार दिउँसो चितवनका पत्रकारहरु सँगको भेटघाट पछी चलचित्र युनिटले नारायणी नदिर किनार नारायणगढमा ‘मारुनी कन्सर्ट’ सम्पन्न गरेको छ । नारायणी नदिर किनारमा भएको कन्सर्टमा चलचित्रका कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, गायक तथा संगीतकार कृष्ण काफ्ले, चितवनको स्थानिय द युफोनी ब्याण्ड लगायतले दर्शकहरुले मनोरन्जन गराएका थिए । साम्राज्ञी र पुष्पले चलचित्रको ‘जाम न माया जाम’ बोलको गीतमा नाच्दै दर्शकहरुलाई झुमाएका थिए । कन्सर्टमा हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो ।

Namaste Filmy

Read Previous

शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियो)

Read Next

‘झ्याम पुतली’मा सुनिल थापा (भिडियो )