पासवर्ड’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)

चर्चित बलिउड अभिनेत्री सन्नी लिओनीको एक आइटम गीतमा नृत्य र केहि संवादसहितको दृश्य रहेको नेपाली ‘पासवर्ड’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको २ मिनेट ४७ सेकेण्डको ट्रेलर शनिबार सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा विश्व सम्पदा सुचीको परेको बहुमुल्य मुर्ती चोरी भए पछी घटना क्रमलाई देखाईएको छ । चोरी भएको मुर्ती हात पार्नको लागि हुने लडाईलाई ट्रेलरमा देखाईएको छ । चोरी भएको मुर्ती कतै लक गरेर राखिएको हुन्छ र त्यही लक खोल्नका लागि सबै जना ‘पासवर्ड’ को खोजीमा निस्किन्छन् ।

ट्रेलरमा मुख्य कलाकारहरु अनुप बिक्रम शाही, बिक्रम जोशी, बुद्दी तामाङ, रबिन्द्र झा धिरेन शाक्य लगायत फिचर्ड रहेका छन् । चलचित्रमा आइटम गीतमा नृत्य गरेकी बलिउड अभिनेत्री सन्नी लिओनी पनि ट्रेलरमा अटाएकी छिन् । धिरेनलाई प्रहरीको भूमिकामा देखाईएको छ ।

भदौ २७ गते रिलिज हुने चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन् ।

password

Namaste Filmy

Read Previous

‘झ्याम पुतली’मा सुनिल थापा (भिडियो )

Read Next

‘प्रेमगीत–३’को शिर्ष गीत रेकर्डिङ