बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक

यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक  गरिएको छ ।सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरि ,केदार घिमिरे, जितु नेपाललाई चोयाको डोकोमा कुइनो अड्याएर प्रफुल्ल मुद्रामा छन् भने नायिका केकी अधिकारी चाहिँ स्याखु (घुम) ओडेर मुस्कुराएकी छिन् ।

आमा सरस्वती मुभीज,रोहीत अधिकारी फिल्मस् र आइएमइको प्रस्तुति रहेको ‘छ माया छपक्कै’ को आधिकारिक प्रदर्शन मिति भने तोकिएको छैन ।चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्  ।


जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् । फिल्मको कथा निर्देशक दीपेन्द्र स्वयम्को हो भने पटकथा,सम्वाद दीपकराजको टिमले लेखेको छ ।रोहित अधिकारीले लगानी गरेको यो चलचित्रको नाफा पछी ५० प्रतिशत शेयर लिने गरी दीपकराज गिरी र दीपाश्री निरौंलाको टिमले सहकार्य गरेका हुन्  ।

password

Namaste Filmy

Read Previous

पुष्प र रेबिकाको नबोली नबोली माया बस्यो (भिडियो )

Read Next

ऋत्तिक रोशन र टाइगर श्राफको एक्सनले भरिपूर्ण ‘वार’को ट्रेलर सार्वजनिक (भिडियो)