फिल्म 'शिशा'को रिलिज मिति घोषणा गरियो ।

सुजन भट्ट, काठमण्डौ ।
[dropcap][/dropcap]र बी के शरद निर्देशित नयां फिल्म शिसा आउदो साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।sishaकार्यक्रममा पत्रकारहरुका बीच फिल्मको कथावस्तुको बारेमा जानकारी समेत गराइएको थियो । फिल्मको कथाले जीवन शिसाजस्तै संवेदनशील हुने र यसलाई जतन गरेर राख्नुपर्छ भन्ने सन्देशे दिने बताइएको छ ।

त्यस्तै नायक जीवन लुइटेलले फिल्मको गीतसंगीत अत्यन्त राम्रो भएको र आफुलाई मन परेकोले फिल्ममा काम गरेको बताए ।sisha2ननस्टप क्रियशनको ब्यानरमा निर्मित फिल्मलाई निर्देशक आर बी के शरद ले निर्देशन गरेका हुन । फिल्ममा अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र बिराट थापाको संयुक्त लगानी रहेको छ । सिक्किमका विभिन्न स्थानहरुमा छयांकन गरिएको फिल्ममा जीवन लुइटेलसंगै शर्मिला मल्ल, उमा बेबी, रागिनी खडगी, बिएस राणा, निर्मल सेन्चुरी लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा भारतीय फुटबल टीमका पुर्व कप्तान भाइचुङ भुटियाको पनि बिशेष भुमिकामा देखिनेछ ।

५ गीत समावेश फिल्ममा लक्की सिटौलाको संगीत रहेको छ भने कुमार बखती र रामकुमार के सीको छयांकन रहेको छ । त्यस्तै फिल्ममा तारा थापाको सम्पादन तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ । स्तरीय फिल्म बनेकाले दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क रहेका छन ।sisha3

sisha4

Namaste Filmy

Read Previous

भुतसंग सेक्स गर्छिन, यी हलिउड अभिनेत्री ।

Read Next

उमेरले अर्धशतक टेकेपछि विहे गर्दैछिन मिथिला शर्मा ।