ऋत्तिक रोशन र टाइगर श्राफको एक्सनले भरिपूर्ण ‘वार’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड सुपरस्टार ऋत्तिक रोशन र टाइगर श्राफको नयाँ फिल्म वारको ट्रेलर सार्वजनिक भएको छ । वारमा खतरनाक स्टन्ट र एक्सन सीन, फाइट सिक्वेन्स र टाइगर र ऋत्तिकबीचको फेसअफ देख्न पाइन्छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म अक्टोबर महिनाको २ तारिखमा रिलिज हुँदैछ ।

कुल २ मिनट २५ सेकेन्डको ट्रेलरमा एक्सन भरपूर छ । ऋत्तिकलाई खोज्न टाइगरलाई पठाइएको देखाइएको छ । भेट भएपछि दुईजनाबीच वार भएको देखाइएको छ । कार र बाइक चेजका सिक्वेन्सहरू दमदार देखिन्छन् । ट्रेलरका एक एक दृश्य भिजुअल ट्रीट हुन् । एक्सन र एड्भेन्चरबीचका भिजुअलले फिल्मलाई विशेष बनाएका छन् । एक्सन ड्रामामा ब्याकग्राउन्ड स्कोरले रोमाञ्च उत्पन्न गर्छ ।

यशराज ब्यानरमुनि बनेको वार हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ । यो फिल्म सात फरक देश र १५ शहरमा शूट गरिएको छ । एक्सन र स्टन्ट सीनहरूलाई चार फरक एक्सन डाइरेक्टरले गराएका हुन् । फिल्ममा वाणी कपूर पनि छिन् ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक

Read Next

सलमान खान नखेल्ने भए सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’