भूवन केसी र नायिका रीमा विश्वकर्माले बिहे गरे (भिडियो)

चलचित्र ‘मिस्टर नेपाली’को प्रदर्शन मिति र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रलाई कात्तिक २९ गतेबाट रिलिज गर्न लागिएको जानकारी दिइयो । साथमा, चलचित्रमा समावेश ‘नाँचौ छम्मा छम्मा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ ।

चलचित्रको गीतमा मुख्य कलाकारहरु नायक भूवन केसी, नायिका रीमा विश्वकर्मा, नव–कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतलाई देख्न सकिन्छ ।चलचित्र ‘मिस्टर नेपाल’लाई देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन् ।

चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रको बिषयमा नायक भूवन केसीले भने–‘यसमा मेरो दोहोरो भूमिका छ । साथै, चलचित्रको कथावस्तु पनि निकै मन परेकाले काम गरेको हुँ ।’

निर्देशक देव भुषालले चलचित्रले राष्ट्रियताको अर्थ पहिरनले नझल्काउने सन्देश चलचित्रले दिने बताए ।भुषालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ ।
https://www.youtube.com/watch?v=V2zg3nMylYQ

password

Namaste Filmy

Read Previous

पूजा ,आकाश सौगात , सोहित र श्रृष्टी ‘पोई पर्यो काले’को शिर्ष गीतमा कम्मर मर्काउदै

Read Next

चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक (भिडियो)