चलचित्र ‘आमा’को लागि नायिका सुरक्षा पन्तले गरिन कपाल मुन्डन

चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् ।“चलचित्रको सिनमा कपाल काट्नु पर्नेभएपछि मैले कपाल काटेकी हुँ,” सुरक्षाले भनिन्, “राम्रो चलचित्र बनाउने प्रयास भएकाले कम्प्रमाइज नगरी मैले पनि कपाल काटेकी हुँ ।” चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । यसअघि नम्रता श्रेष्ठले भने कपाल काटेकी थिइन् । अधिकांसले कस्ट्युम प्रयोग गर्ने गरेका छन् ।

‘आमा’ निर्देशक दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेको बताए ।“कति सट यस्ता छन्, क्यामेरा वर्क गर्दागर्दै भक्कानिएर म रोकिएको छु,” निर्देशक दीपेन्द्रले भने, “गिलसिरिन लगाएर रोएको हो कथाले क्यारेक्टरको मन छोएर आँसु आएको हो, त्यो हेर्दा पनि थाहा हुन्छ ।”

सोसल ड्रामा ‘आमा’लाई  शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । काठमाण्डौ र रामेछापको लोकेशनमा छायांकन गरिएको यस चलचित्रमा सह–निर्माता सन्तोष अधिकारी हुन् । । चलचित्र फागुन ९ गते प्रदर्शनमा आउदै छ  ।

Namaste Filmy

Read Previous

चलचित्र ‘काले दाई’को फस्टलुक सार्वजनिक ,असोज १७मा रिलिज हुने

Read Next

फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘मारुनी’ प्रदर्शनमा