फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘मारुनी’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात्  आजबाट नेपाली कथानक चलचित्र ‘मारुनी’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मारुनी’

आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ।चलचित्र ‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका हुन् ।चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ ,अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतको अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेममा आधारीत फिल्म पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माणमा तयार भएको हो ।चलचित्र ‘मारुनी’ लाई पुनम गौतमले निर्माण गरेकी हुन् । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री चलचित्रको सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रको कथा गोबिन्द पौडेल र निर्देशक नेपालले संयुक्त रुपमा लेखेका हुन् ।

सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक बज्रचार्य, अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहेको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘मारुनी’ मा प्रविण सिंह, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

password

Namaste Filmy

Read Previous

चलचित्र ‘आमा’को लागि नायिका सुरक्षा पन्तले गरिन कपाल मुन्डन

Read Next

‘छ माया छपक्कै’ को गीत सार्वजनिक,चलचित्र असोजको २४ बाट प्रदर्शनमा आउने (भिडियो)