‘छ माया छपक्कै’ को गीत सार्वजनिक,चलचित्र असोजको २४ बाट प्रदर्शनमा आउने (भिडियो)

यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक गरिएको छ   ।चलचित्रको गीतसगै रिलिज  मिति पनि सार्वजनिक गरिएको छ ।अब चलचित्र ‘छ माया छपक्कै’ दशैं सकिए लगतै असोजको २४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको ‘जुनको जुनेली’ बोलको सार्वजनिक गीतमा चलचित्रको मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी , जितु नेपाल ,  सुपुष्पा भट्ट ,बुद्धि तामांग र रजनी गुरुङलाई फिचरिंग गरिएको छ ।गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने संगीत बसन्त थापाको रहेको छ। बसन्त थापा र मीना निरौलाले गीतमा स्वर दिएका छन् ।

चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।आमा सरस्वती मुभीज,रोहीत अधिकारी फिल्मस् र आइएमइको प्रस्तुतिमा ‘छ माया छपक्कै’ लाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने  यो चलचित्रको नाफा पछी ५० प्रतिशत शेयर लिने गरी दीपकराज गिरी र दीपाश्री निरौंलाको टिमले सहकार्य गरेका हुन्  ।

जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् । फिल्मको कथा निर्देशक दीपेन्द्र स्वयम्को हो भने पटकथा,सम्वाद दीपकराजको टिमले लेखेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘मारुनी’ प्रदर्शनमा

Read Next

बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक (भिडियो)