बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक (भिडियो)

असोज ३ गते देखि प्रर्दशनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र  ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक भएको छ । ‘कबड्डी’को तेस्रो श्रृखंला भएकाले दर्शकको प्रतीक्षामा परेको छ।  कमेडीले भरिएको चलचित्रको ट्रेलर स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ ।

चलचित्रमा दयाहाङ राई, उपसना सिंह ठकुरी,कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ को अहिले ‘दुबो फूल्यो’ गीतले राम्रै चर्चा बटुलिरहेको छ । गीतलाई यूट्युबमा ४० लाख बढी भ्यूअर्सले हेरी सकेका छन्।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

 

 

Namaste Filmy

Read Previous

‘छ माया छपक्कै’ को गीत सार्वजनिक,चलचित्र असोजको २४ बाट प्रदर्शनमा आउने (भिडियो)

Read Next

जयकिशन बस्नेतको चलचित्र “हिरो नं. १” को ट्रेलर सार्वजनिक (भिडियो)