शनिबार चलचित्र ‘मारुनी’लाई दर्शकक राम्रो साथ

चलचित्र ‘मारुनी’ले शुक्रबारको तुलानामा शनिबार केही आशालाग्दो व्यापार गरेको छ ।काठमाण्डौका मल्टिप्लेक्सका केही शोजमा चलचित्रको अकुपेन्सी ९० प्रतिशतसम्म देखिएको छ । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

गोपिकृष्णमा उपस्थित दर्शकसँग साक्षात्कार गर्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, नायिका रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायत पुगेका थिए ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् ।

नायक पुष्प खड्काले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार चलचित्रको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।

चलचित्र हेर्न हल पुगेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् । एक फरक कथामा चलचित्र बनेको भन्दै दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।पुष्प, साम्राज्ञी र रेविका चार जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका थिए ।

Namaste Filmy

Read Previous

जयकिशन बस्नेतको चलचित्र “हिरो नं. १” को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘रातो टिका निधारमा’का कलाकारलाई तीजको दर