चलचित्र ‘प्रेमगीत ३’को विदेश राइट्स डाटाज् इभेन्ट्सलाई ९५ लाखमा बिक्री

चलचित्र ‘प्रेमगीत ३’ को चर्चा यति बेला निकै चुलिएको छ।चलचित्रको छायांकन सुरु नैहुदै निकै चर्चामा रहेको ‘प्रेमगीत ३’को निर्माता तथा निर्देशक सन्तोष सेनको जन्मदिनको अवसरमा ९५ लाखमा विदेशमा बिक्री गरेका छन्  ।

निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको डाटाज् इभेन्ट्सका दाताराम घिमिरे संग विदेश राइट्स ९५लाखमा सम्झौता गरेका हुन्  ।शुक्रबार फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताज् इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् । ‘प्रेमगीत’ सिरिजप्रति दर्शकको विश्वास भएका कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै फिल्मको विदेश राइट्स निर्माण अगावै खरिद गरेको घिमिरेले बताए । यो कम्पनीले पहिलो पटक नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार लिएको हो ।


चलचित्रमा  ‘प्रेमगीत ३’ मा प्रदीप खडका ,शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन ,  मनिष रावत, पुष्कर कार्कि, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुड, अनुभव रेग्मी सम्बृद्धि शाही ठकुरी लगायतको अभिनय रहने छ। सन्तोष सेन र छेतान गुरुङको  निर्देशनमा बन्ने फिल्म आशुसेन फिल्म्सको ब्यानरमार्फत निर्माण हुदैछ । फिल्म राजेश श्रेष्ठले खिच्ने छन् । चलचित्र  चैत्र २८ गतेबाट प्रदर्शनमा आउने छ ।दशैंपछि फिल्मको छायांकन सुरु हुँदैछ ।

 

Namaste Filmy

Read Previous

चलचित्र ‘रातो टिका निधारमा’का कलाकारलाई तीजको दर

Read Next

सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’नेपालसगै यी देशहरुमा प्रदर्शन हुदै