उमेरले अर्धशतक टेकेपछि विहे गर्दैछिन मिथिला शर्मा ।

[dropcap]ने[/dropcap]पाली कलाक्षेत्रमा चर्चित अभिनेत्री मिथिला शर्माले बिबाह गर्ने भएकि छिन् । उमेरले ५० टेकिसकेकी यी पाका अभिनेत्री शर्मा हालसम्म अविवाहित रहेकि थिइन । उनले ७४ बर्षीय पूर्वप्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग बिहे गर्न लागेको आइतबार प्रकाशित ‘नेपाल साप्ताहिक’मा उल्लेख छ । मिथिलाले यसै बर्ष भित्रमा नै बिहे गर्ने बताएकी छिन् ।mithila-sharma-and-motilal-वि.सं. २०२४ सालमा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक बर्षपछि नै प्रहरी निरिक्षक भएयता मिथिला र बोहराको चिनजानी थियो ।

युवा अवस्थाबाट नै मिथिला बोहराको व्यक्तित्वबाट परिचित थिइन् । केही महिनाअघि बोहराको तर्फबाट बिहेको प्रस्ताव आएपछि यसबारेमा मिथिलाले बिचार गरेकि हुन । ‘नेपाल साप्ताहिक’का लागि रमण घिमिरेसँग कुरा गर्दै मिथिलाले आफन्तका सुझाव र सल्लाहा पश्चात यस्तो निर्णय लिएको बताइन् ।
मिथिलाका हुनेवाला श्रीमान बोहराले ६९ सालमा आफ्नो पत्नी कला लाई गुमाएका थिए । उनको दुई छोरा र तीन छोरी छन ।
अछाम गजरा घर भएका बोहोराका परिवारसंग मिथिला विगत लामो समयदेखि नै परिचित थ्इिन । मिथिलाले आफूले एउटा गृहिणीको रुपमा नभई साथीको रुपमा बोहरासँग सम्बन्ध गाँस्न लागेको बताएकी छिन् ।

Namaste Filmy

Read Previous

फिल्म 'शिशा'को रिलिज मिति घोषणा गरियो ।

Read Next

नेफ्टा अध्यक्ष अक्षय कुमारको सुटिङ स्थलमा पुगेपछि ।