खगेन्द्र लामिछानेको चलचित्र ‘पानीफोटो’ को शुभ–मुहुर्त

अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहने चलचित्र ‘पानीफोटो’ को शुभ–मुहुर्त गरिएको छ। राजधानीको बंगलामुखी मन्दिरमा चलचित्र युनिटले पूजा गर्दै छायाँकन प्रारम्भ गरेको हो।मन्दिरमा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान लगायत चलचित्र युनिटको उपस्थिती थियो।

चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि घोषणा कार्यक्रममा अभिनेत्री टुंगो लागेको थिएन। चलचित्रको मुख्य अभिनेत्रीको भूमिकामा ‘यात्रा’डेब्यू अभिनेत्री मलिका महतले काम गर्ने भएकी हुन्।

आफै लिखित नाटकलाई खगेन्द्रले चलचित्रको स्वरुप दिन लागेका हुन् । उनले चलचित्रमा झण्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा– आमाको कथालाई देखाउनेछन् ।
password
यो चलचित्र दशक अगाडी गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । चिलचित्रको एक दिनको छायाँकन काठमाडौंमा हुनेछ भने त्यसपछि टोली स्याङ्गजा जिल्लातर्फ लाग्नेछ । ‘यो मेरो सपना नै थियो कि यसलाई चलचित्र बनाउने । किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ खगेन्द्रले भने –‘मैले नाटक मन्चनकै समयमा यसलाई चलचित्र बनाउने निर्णय लिएको थिए ।’

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । चिलचित्रलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले चलचित्रमा पाश्र्व संगीत दिनेछन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘पोई पर्यो काले’को फर्स्टलुक पोस्टरमा सौगात ,आकाश , सोहित , पूजा र श्रृष्टी

Read Next

आँचल शर्मा उदिप श्रेष्ठको प्रेममा परे पछि पल शाहले यस्तो लेखे