पोखरामा चलचित्र पत्रकारिता कार्यशाला, गण्डकी प्रदेशमा फिल्म सिटी बनाउछौ : मन्त्री लम्साल

पोखरा । पर्यटकिय नगरी पोखरामा चलचित्र पत्रकारहरुका लागि कार्यशाला सुरु भएको छ । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ३ दिने पत्रकारिता कार्यशालाको बुधबार गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वनमन्त्री बिकास लम्सालले उदघाटन् गरे । उनले देश र समाजलाई परिवर्तन गर्न, परिवर्तित समाजलाई संस्थागत गर्न, सुशासन कायम राख्न पत्रकारको भुमिका हुने भएकाले मर्यादित पत्रकारिता हुनुपर्नेमा जोड दिए । हरेक क्षेत्रको गहिराईसम्म बुझेर पत्रकारिता गर्नुपर्ने र चलचित्र क्षेत्रको गहिराईलाई समाजमा चित्रण गर्ने काम चलचित्र पत्रकारले गर्नुपर्ने उनको भनाई छ । गण्डकी प्रदेशमा फिल्म सिटी निर्माणको तयारी भइरहेको पनि उनले बताए । फिल्म सिटीका लागि सम्भावित केहि स्थानहरु हेर्ने काम भइरहेको बताउदै चलचित्र र पर्यटनको लागि पोखरा रमणीय भुमि रहेको बताए ।
कार्यक्रममा बोल्दै पोखरा पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले नेपालका प्राकृतिक सुन्दरतामा सुटिगंका लागि हलिउड बलिउडलाई आकार्षित गर्न सक्नुपर्ने धारणा राखे । फिल्म छयांकनको लागि श्रीलंकाको उदाहरण दिदै उनले देशको सुन्दरता बिश्वभर फैलिए पर्यटन र आर्थिक दृष्टिले लाभ हुने बताए । उनले फिल्म सुटिगंका लागि नेपालमा नितिगत कठिनाई रहेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
बरिष्ठ पत्रकार राजेन्द्र दहाल, निर्देशक घनश्याम लामिछाने, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गुरुगं फिल्म एशोसियसनका अध्यक्ष भोजबहादुर गुरुगं लगायतले फिल्म मनोरञ्जनको साधन मात्र नभई समाज परिवर्तनको महत्वपुर्ण साधन भएको बताए ।
चलचित्र पत्रकार संघ का अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा भएको कार्यशाला उदघाटन कार्यक्रममा कास्की शाखाका अध्यक्ष रेम बिकले स्वागत मन्तव्य राखेका थिए । देशभरबाट १ सय जनाभन्दा बढि चलचित्र पत्रकार सहभागी कार्यशालामा पत्रकार आचारसंहिता, समाचारको बिषय उठान, समाचार तथा गसिप लगायत बिषयमा प्रशिक्षण दिइनेछ । कार्यशालामा बरिष्ठ पत्रकार राजेन्द्र दहाल, पोखरा पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया, चलचित्र समिक्षक अनुप सुवेदि, पत्रकार कृष्ण भट्टराई, रजनीश लगायतले सहजीकरण गर्नेछन ।

password

Namaste Filmy

Read Previous

‘शिवा’–दि लिडरको ट्रेलर सार्वजनीक ,मंसिर २७ गते प्रदर्शन हुने (भिडियो)

Read Next

शिवको ‘माया पिरतीमा क्षतिपुर्ती’ सार्वजनिक