शिवको ‘माया पिरतीमा क्षतिपुर्ती’ सार्वजनिक

चर्चित गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ । गायक शिवको ‘शिवालय’ एल्बममा समावेश ‘माया पिरतीमा क्षतिपुर्ती’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा बादल घिमिरेको शब्द रहेको छ भने घिमिरेकै संगीत रहेको छ । गीतमा संगीत संयोजन भने साहस शाक्यको रहेको छ । गीतमा अराज केशवको र्‍याप रहेको छ भने सन्जिव कुमार पौडेल, सुवास तिम्सिना, गोपाल ज्ञवाली र बालकृष्ण भण्डारीको कोरस रहेको छ ।

गीतको भिडियोमा टिक टक हुँदै नेपाली संगीतिक क्षेत्रमा अहिले चर्चामा रहेका जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा सँगैब अर्जुन फिचर्ड रहेका छन् । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईले क्यामेरा चलाएका छन् भने बिकास ज्ञवालीले भिडियोलाई सम्पादन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

पोखरामा चलचित्र पत्रकारिता कार्यशाला, गण्डकी प्रदेशमा फिल्म सिटी बनाउछौ : मन्त्री लम्साल

Read Next

सलमान खानले कहिल्यै विवाह नगर्ने !