नेफ्टा अध्यक्ष अक्षय कुमारको सुटिङ स्थलमा पुगेपछि ।

[dropcap]ने[/dropcap]पाल चलचित्र प्राविधिक संघ नेफ्टाको अध्यक्ष मनोज केसी काठमण्डौमा छयांकन भइरहेको बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म को छयांकन स्थलमा पुगेका छन । अन्य सर्वसाधारण तथा फ्यानहरुलाई प्रवेश निषेध गरिएको उक्त छयांकन स्थलमा आइतबार केसी सहितको एक टोली पुगेका थिए । उक्त टोलीलाई बलिउड फिल्म युनिटले १५ हजार नगद सहयोग गरेको छ ।nefta-in1राजधानीको पांचतारे हयात होटलमा रहेका हिन्दी फिल्म टोलीले चलचित्र प्राविधिक संघको लागी उक्त रकम सहयोग गरेको हो । फिल्मका निर्देशक निरज पाण्डे र छयांकारले नेफ्टा अध्यक्ष मनोज केसीलाई रकम हस्तान्तरण गरेका थिए । आफुहरुले पनि नेपालमा केहि सहयोग आवश्यक भए अनुरोध गर्नका लागी भनेको केसीले बताउनुभयो । धेरै संख्यामा नेपाली प्रविधिकहरु पनि फिल्ममा काम गरिरहेकाले आफुहरुले चासो देखाएको केसीको भनाई छ । हालसम्म नेपाली मिडियासामु नआएको अक्षय कुमारलाई ढाकाटोपी लगाएर सम्मान गर्ने नेफ्टाको योजना रहेको छ । जसको लागी उनका सहयोगीसंग कुरा भइरहेको बताइएको छ ।nefta-in2नेफ्टा टोली सुटिङस्थल पुग्दा नेपाली अभिनेता सुधांशु जोशीको सट चलिरहेको थियो । अक्षय भने बर्षाले असर गरेपछि होटलको स्वीट रुममै रहेको बताइएको छ । कडा सुरक्षाका बीच चलिरहेको सुटिङ सोमबार ठमेल तथा मंगलबार दरबार स्क्वायर लगायतको स्थानमा गरिने बुझिएको छ । फिल्म युनिट ८ तारिखमा भारत फर्कनेछन ।
स्मरण रहोस फिल्मको नाम चलचित्र बिकास बोर्डमा ‘बसन्ती’ दर्ता गराए पनि क्ल्यापमा भने ‘बेबी’ उल्लेख रहेकाले हालसम्म निश्चित हुन सकेको छैन । फिल्मको निर्माण टोलीले पनि फिल्मको नाम सार्वजनिक गरेका छैनन ।

Namaste Filmy

Read Previous

उमेरले अर्धशतक टेकेपछि विहे गर्दैछिन मिथिला शर्मा ।

Read Next

यस्तो छ 'मुखौटा' ओएसटी । भिडियो ।