पल शाहको दिल चोर्ने माकुरी एलिशा राई (भिडियो )

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ ।‘मखमली चोलीको सफलतापछि दिल चोर्ने माकुरी’ अर्थात् मखमली चोली २ बोलको गीत सार्वजनिक गरिएको हो ।

दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।


शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन् ।

password

Namaste Filmy

Read Previous

सलमान खानले कहिल्यै विवाह नगर्ने !

Read Next

सौगात ,आकाश ,पुजा ,श्रृष्टीको चलचित्र ‘पोई पर्याे काले’को शीर्ष गीत सार्वजनिक (भिडियो)