विपिन कार्कीको चलचित्र ‘सेल्फी किङ’को औपचारिक निर्माणको घोषणा

चलचित्र ‘सेल्फी किङ’को औपचारिक निर्माणको घोषणा भएको छ ।आइतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको घोषणा गरिएको हो ।चलचित्रलाई विशाल सापकोटाको निर्देशन गर्ने भएका छन् ।

चलचित्र ‘सेल्फी किङ’मा विपिन कार्की ,लक्ष्मी बर्देवा ,भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रमा केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।

सिनेमाले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । सिनेमामा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाह गर्नेछन् । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू चलचित्र निर्माण गरेको बताए ।

चलचित्रमा निर्देशक दिनेश राउत तथा सुवास थापाले निर्माण गर्न लागेका हुन् । प्रवल कोइराला र राजेश विशुरल सह-निर्माताको रुपमा रहेको चलचित्रलाई सुशन प्रजापतिले छायाँकन गर्नेछन् ।चलचित्रमा सुवास भुषालको संगीत रहने छ भने अञ्जु पन्त र पुरुषोत्तम सुवेदीले स्वर भर्नेछन् । निर्मल लामाको कोरियोग्राफी रहने ‘सेल्फी किङ’लाई जीवन थापाले सम्पादन गर्नेछन् ।

Namaste Filmy

Read Previous

कार्तिक १५ मा आउने भयो सुशील श्रेष्ठ र रुविना थापा चलचित्र‘लभ डायरिज’

Read Next

सलमान खानको सुपरहिट फिल्म वान्टेडको सिक्वेल बन्दै